अर्थ-वाणिज्य

काँग्रेसको मतपेटिका ५ सय लिटर क्षमताको हरियो रंगको प्लास्टिकको ट्याङ्की



काठमाडौं २६ मंसिर । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सम्भवतः सबैभन्दा ठुलो मतपेटिका प्रयोग गर्दैछ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको महाधिवेशन अन्तर्गत शनिवार मत पेटिका तयार पारिएको छ । यसअघिका विभिन्न प्रकारका निर्वाचनका क्रममा तुलनात्मक रूपमा केही साना आकारका मतपेटिका प्रयोग हुने गरे पनि काँग्रेस ५ सय लिटर क्षमताको हरियो रंगको प्लास्टिकको ट्याङ्कीलाई मतपेटिका बनाएको छ । ट्याङ्कीको बिर्कोको बिचमा प्वाल पारे मत खसाल्ने ठाउँ बनाइएको छ ।

शनिवार दिउँसो राष्ट्रिय सभा सम्मेलन केन्द्रको अगाडिको भागमा ट्याङ्कीहरू जम्मा गर्ने र बिर्कोमा मतपत्र खसाल्नका लागि प्वाल पार्ने काम चलिरहेको थियो । काँग्रेसका झन्डै ४ हजार ७ सय ४३ प्रतिनिधिले मतपेटिका बनाइएको ट्याङ्कीमा भोट खसाल्ने छन् ।

यसरी हुँदैछ काँग्रेसको निर्वाचन प्रक्रिया।

काँग्रेस महाधिवेशन अन्तर्गत शनिवार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । साँझ ७ बजेसम्म मनोनयन दर्तामाथि दाबी विरोधको समय थियो भने राती ९ बजे अन्तिम निर्णयको समय राखिएको थियो ।

यस्तै राती १२ बजे वर्णानुक्रम अनुसार नामावली प्रकाशनको समय तय गरिएको र आइतबार बिहान ११ बजेसम्म मनोनयन फिर्ता लिने समय राखिएको छ । आइतबार मध्यान्न १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शनिवार भएको मनोनयन दर्ताका क्रममा १३४ पदका लागि ५ सय ४८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

२९ प्रकारका मतपत्र, ३ ठाउँमा मतदान स्थल

काँग्रेसको महाधिवेशन निर्वाचन समितिले आइतबार दिउसो १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मतपत्र प्रकाशन तथा निर्वाचन स्थलको व्यवस्थापनमा काम थाल्नेछ । निर्वाचनका लागि २९ प्रकारका ५ हजार मतपत्र प्रकाशन गरिने निर्वाचन समितिका सदस्य अधिवक्ता यज्ञराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

महाधिवेशनमा मङ्सिर २७ गते बिहान ८ बजेबाट भोटिङ प्रक्रिया सुरु हुनेछ । भोट खसाल्नका लागि ३ ठाउँमा मतदान स्थल बनाउने तयारी थालिएको छ ।

निर्वाचन समितिका सदस्य पोखरेलका अनुसार राष्ट्रिय सभागृह परिसरमा १३ सय मतदाताका लागि ठाउँ छुट्टाइएको छ । यस्तै भृकुटीमण्डपको हलमा हल २१ सय मतदाताका लागि मतदान स्थल बनाइदैछ भने भृकुटीमण्डपको खुला भागमा १३ सय मतदाताका लागि मतदान केन्द्र बनाइँदै छ । कुन कुन प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिले कुन कुन मतदान केन्द्रमा गएर भोट खसाल्ने भन्नेबारे सूचना जारी हुने पोखरेलले जानकारी दिए । राष्ट्रिय सभा गृह परिसरमा मतदान गर्नका लागि गोप्य मतदान स्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६