प्रदेश

एमाले लुम्बिनीको अध्यक्षमा कँडेल, उपाध्यक्ष श्रेष्ठ



बुटवल, २६ मंसिर । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल चयन भएका छन् । यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकले यस अघिका प्रदेश सदस्य यथावत् कायम राख्ने गरी प्रदेशको पदाधिकारी चयन गरेको हो । कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य हुन् । श्रेष्ठ शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । प्रदेश सांसद उनी एमाले रुपन्देहीको पूर्व अध्यक्ष समेत हुन् ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६