प्रदेश

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छुः देउवा



काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

उनले भने, ‘म पार्टी सभापति बने तीन तहको निर्वाचन जिताउने छु । प्रधानमन्त्रीका रुपमा स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउँछु । काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउँछु ।’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर भएको इतिहास रहेको भन्दै उनले भने, ‘यहाँ देउवाको हार जितको विषय होइन, प्रजातन्त्र बचाउनुछ, काङ्ग्रेसलाई जिताउनुछ ।’
साभार

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६