जीवनशैली

बहादुरगञ्जको विशाल जनसभामा संबोधन गर्न ओली आउदै




पार्वती पाण्डे
कपिलवस्तु २६ मंसिर । नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओली कपिलवस्तु आउनु हुने भएको छ । कृष्णनगर नगरपालिका बहादुरगञ्जमा पौष ६ गते मंगलबार हुने जिल्ला पार्टीले आयोजना गरेको विशाल जनसभामा आउने कार्यक्रम तय भएको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । कपिलबस्तु जिल्लाका कृष्णनगर निवासी लोकप्रिय नेता मंगलगुप्ताले सोही दिन नेकपा एमाले पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले बताउनुभयो ।
मंगलगुप्ताले आफु सहित हजारौं कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गर्ने जानकारी दिनु भयो । नेकपा एमाले अध्यक्ष ओली विशाल जनसभालाई सम्बोधन गर्ने मिति तय गरिएको गुप्ताले बताउनु भयो । बहादुरगञ्जमा हुने कार्यक्रममा हजारौ संख्यामा कार्यकर्ता उतार्ने तयारी रहेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । जिल्लामा हुने विशाल जनसभा अनि हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भैसकेको नेकपा एमालेका पोलिटव्युरो सदस्य बिमला घिमिरेले बताउनु भयो ।
उहाँले वुद्धदर्पण सँग अगाडि भन्नु भयो , अध्यक्ष केपी ओली जिल्लामा आउने खबरले सबै कार्यकर्तामा उत्साहा थपिएको छ । जनसभामा मधेशी समुदायको समेत उल्लेख्य सहभागीता रहने र ठुलो संख्यामा अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गर्ने उहाँले जनाउनु भयो । पछिल्लो समय अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर चलेको छ , एमाले प्रतिको विश्वास जनतामा देखिएको छ , नेता घिमिरेले भन्नु भयो । अब आउने निर्वाचनमा नेकपा एमालेलाई जनताले भारी मतले जिताउने छन , जनताको माया र विश्वासलाई एमालेले साथमा लिएर देश बनाउने छ , नेता घिमिरेको भनाई छ । पाटकीअध्यक्ष एवं पुर्व प्रधानमन्त्री कपिलवस्तु आउने खबरले जिल्लाबासी एवं कार्यकर्ताहरुमा खुशी छाएको जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६