कपिलवस्तु २६ मंसिर। एमालेको महत्वपूर्ण गढ मानिएको लुम्विनीको इन्चार्जमा अहिले सम्म कुनैपनि विवादमा नफस्नु भएका स्वच्छ छविका नेता छविलाल विश्वकर्माले जिम्मेवारी पाउनु भएको छ । यस्तै सातवटै प्रदेशमा इन्चार्जहरु तोकिएक छन् । लेखराज भट्टसहित सात नेतालाई प्रदेश इन्चार्जको जिम्मा दिएको छ। भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिनु भयो ।
एमालेले कर्णाली प्रदेश इन्चार्जको जिम्मा यामलाल कँडेललाई दिएको छ। गण्डकीमा पद्मा अर्यालले पाउनु भएको छ ।बागमतीमा काशीनाथ अधिकारी, प्रदेश २ मा रघुवीर महासेठ र प्रदेश १ को इन्चार्जको जिम्मा देवराज घिमिरेलाई दिइएको छ।बैठकले २३ पुसमा सबै जिल्लामा एकैसाथ अधिवेशन गर्ने निर्णय पनि गरेको छ। बैठकले ८ माघमा सातवटै प्रदेशमा अधिवेशन गर्न निर्देशन दिएको छ। जनसंगठनलाई फागुनभित्र अधिवेशन गर्न भनिएको पोखरेलले जानकारी दिए।
प्रतिक्रिया