बिजनेस

एमाले कपिलवस्तु इन्चार्जमा अधिकारी, रुपन्देहीमा ढकाल



कपिलवस्तु २६ मंसिर ।एमालेको केन्द्रिय कमिटी बैठकले गरेको पछिल्लो निर्णय अनुसार नेताहरुको कार्य विभाजन भएको छ । लुम्विनीका विभिन्न जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् । जस अनुसार एमाले कपिलवस्तुको इन्चार्जमा केन्द्रिय सदस्य बलराम अधिकारीले जिम्मेवारी पाउनु भएको छ । यसपाली केन्द्रिय सदस्यमा निर्वाचित उहा कपिलवस्तुमा १५ बर्ष पार्टीको प्रमुख भएर कृयासिल हुनु भएको थियो भने ३ वर्ष प्रदेश सचिवालय र कार्यलय सचिवको भूमिका निर्वाह गर्नु भएको थियो ।

यस्तै गरी रुपन्देहीको इन्चार्जमा भूमीश्वर ढकाल ,अर्घाखाँचीको इन्चार्जमा चन्द्रवहादुर खड्का , दाङको इन्चार्जमा नुरुलाल चौधरीले जिम्मेवारी पाउनु भएको छ । रुपन्देही इन्चार्जको जिम्मेवारी पाउनु भएका ढकाल यसपाली केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । ढकाल प्रदेश कमिटीको सचिव समेत हुनुहुन्छ । दाङको इन्चार्ज हुनुभएका नुरुलाल घरोहीको मेयर हो । अर्घाखाँचीका इन्चार्ज खडका माओवादीवाट एमाले समाहित हुनु भएको हो । उहा पूर्व राष्ट्रिय सभा सदस्य पनि हो ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६