जीवनशैली

तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जानाको मृत्यु



तुलसीपुर
२७ मंसिर ।  तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप हिजो आईतवार बेलुका साढे चार बजेतिर सिरखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा हुँदा आईतवार घटना स्थलमा दुई जना र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक जना गरि तीन जनाको मृत्यु भएको थियो। आइतबार राती अर्का एक जना पुरुषको बाकेको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भए संगै दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मृत्यु हुनेमा कपुरकोट गा.पा वस्ने बर्ष ५२ का चन्द्र बहादुर खड्का कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको र कपुरकोट बस्ने बर्ष ४८ का प्रेम प्रकाश शर्मा, बर्ष ४६ कि साउनी घर्ती, बर्ष २५ कि लालमती खड्का रहेको प्रहरीले जानकारी दिएको छ। तुलसीपुरदेखी सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटनामा परेको हो। गाडी बाटोदेखि २०० मिटर तल खसेको थियो ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६