प्रदेश

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै



काठमाडौं, २७ मंसिर। नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् ।

उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् ।

सभापतिका उम्मेदवारहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह, महामन्त्रीका उम्मेदवारहरु गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, प्रकाशशरण महत लगायत प्रतिनिधिहरुलाई भेटेर भोट मागेको देखिएको छ । यद्यपि उनीहरु आफैंले भने प्रचार सामग्री वितरण गरेका छैनन् ।
साभार

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६