काठमाण्डौ, २७ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय राति ९ बजेसम्म थप गरिएको छ ।
आज सोमवार बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पौने १२ बजेतिर प्रारम्भ भएको थियो । ढिला गरी सुरु भएको मतदान राति ९ बजेसम्मका लागि थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोलालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
१४ औँ महाधिवेशनका लागि अहिले दिउँसो साढे ४ बजेसम्म एक हजार नौ सय ९३ मत खसेको छ । महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया