दाङ
२७-मंसिर। कोईला खानीमा च्यापिदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ का ४६ वर्षीय भक्त बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोमबार मध्यान्न १२ बजे घोराही उपमहानगरपालिका वडा नं. १ दाङजामा रहेको पशुपति कोईलाखानी उद्योगमा काम गर्दै गर्दा सुरुङ भित्र च्यापिदा घर्ती घाईते भएका थिए । घाईते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया