जीवनशैली

स्कुल बसले ठक्कर दिदा बालकको मृत्यु



तुलसीपुर,२७ मंसीर । दाङमा स्कुल बसले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगेरा बस्ने पदैल यात्री रोहित पाण्डेको छोरी २ वर्षीया आहाना पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

सोहि ठाउँबाट बिद्यार्थी लिएर अगेरा तर्फ आउँदै गरेको ना ३ ख ९९९३ नम्बरको बसले सोमबार बिहान सवा १० बजे ठक्कर दिदा घाइते भएका बालकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । ठक्कर दिने बस बबई स्टार लिटिङ बोडिङ स्कुलको रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६