काठमाडौं २८ मंसिर ।नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । १०० मत गणना गर्दा देउवाले ५० मत पाएका छन्भने डा. शेखर कोइरालाले ३४ मत पाएका छन् । यस्तै विमलेन्द्र निधिले ११, प्रकाशमान सिंहले ३ र कल्याण गुरुङले एक मत पायेका छन।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया