खोज–अनुसन्धान

सबैका साझा ,कांग्रेसका राजा किन बने शसाङक ?



नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान जारी छ। सभापतिका लागि पाँच जना उम्मेद्वार मैदानमा उत्रिएका छन्।शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको भीडन्त हुँदै गर्दा चर्चामा भने केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका डा. शशांक कोइराला छन्।महामन्त्री रहेका शशांक संस्थापन इतरबाट सभापतिका आकांक्षी थिए। तर चारचार जना नेताले सभापतिमा दाबी नछाडेपछि सबैभन्दा पहिले ब्याक भए उनी। संस्थापन इतरको अगुवाइ गर्दै आएका रामचन्द्र पौडेललाई साझा सभापति बनाउने शर्तमा शशांक ब्याक भएका थिए।

तर शशांकले चाहेजस्तो भएन। तीन आकांक्षी टस न मस भए। त्यो अड्डीले वाकओभर नै गर्नुपर्‍यो पौडेलले। त्यसपछि पौडेलको अगुवाइमा रहेका नेता डा. शेखरको टिममा एकत्रित भए। प्रकाशमान प्यानल बिना चुनावमा उत्रिँदै थिए। सुजाता कोइराला र विश्वप्रकाश शर्मा ओत खोज्दै प्रकाशमानको टिममा पुगे। कांग्रेसको १४औँ महाधिवेशनमा यी तीन प्यानलको भीडन्तलाई रोचक मानेका छन् महाधिवेशन प्रतिनिधिले। तीन समूहको भीडन्तमा सबैभन्दा चर्चामा रहेका पात्र हुन् डा. शशांक।

किन चर्चामा रहे शशांक?

सभापतिको दौडबाट ब्याक भएर बसेका शशांक आइतबार पनि चर्चामा रहे। शेखरको पत्रकार सम्मेलन हुँदै थियो अनुपम फुडल्यान्डमा। साढे ५ बजे हुने भनिएको उक्त सम्मेलनमा शशांक पनि उपस्थित हुने प्रचार गरिएको थियो शेखरको सचिवालयले। तर शशांक उपस्थित भएनन्। त्यसले देउवा समूहमा एक किसिमको उत्साह सञ्चार भएको समाचार सार्वजनिक भए।

सोमबार बिहानैबाट मतदान हुँदै थियो। प्रधानमन्त्री देउवाको सचिवालयले शशांकले देउवा भेटेको फोटो सेयर गर्‍यो। आइतबार दिउँसो नै डा. शशांकले देउवालाई भेटेको प्रधानमन्त्रीको सचिवालयको दाबी थियो। सँगै देउवा प्यानलमा शशांकको नाम भएको सूची सार्वजनिक भयो। जसमा ३५ जनाको लागि खुल्लातर्फको केन्द्रीय सदस्यमा दोस्रो नम्बरमा शशांकको नाम राखिएको छ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६