अर्थ-वाणिज्य

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सभापतिको नाम ४ घन्टा मा प्रकाशित हुँदै



काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको मतगणना सुरु भएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भइरहेको हो । निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्ने जानकारी दिए । मतगणना मंगलबार बिहान सवा ४ बजेदेखि सुरु भएको थियो ।

काँग्रेस सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन् । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।

काँग्रेस सभापति पदको नतिजा आएपछि अन्य पदको मतगणना हुनेछ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६