अर्थ-वाणिज्य

अधिकृत प्रमोद पौडेलसहित चार जना कर्मचारीविरूद्ध मुद्दा दायर



भद्रपुर भन्सार कार्यालयका भन्सार अधिकृत प्रमोद पौडेलसहित चार जना कर्मचारीविरूद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ।

राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले एक करोड ६० लाख ७५ हजार ३७८ रुपैयाँ बिगो माग्दै सोमबार पौडेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।

अन्य मुद्दा दायर गरिएका कर्मचारीमा नायब सुब्बा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्य छन्।

लापरबाहीपूर्वक मावलस्तु चेकजाँच गरी राजश्व चुहावट गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान थालिएको थियो।

अन्य मुद्दा दायर गरिएका कर्मचारीमा नायब सुब्बा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्य छन्।

लापरबाहीपूर्वक मावलस्तु चेकजाँच गरी राजश्व चुहावट गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान थालिएको थियो।

अनुसन्धानको क्रममा उक्त बराबर रकमको राजश्व चुहावट गरिएको पाइएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।

यस्तै, नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको आरोपमा सिन्धुपाल्चोकस्थित थाप्लाङ गाउँपालिका-८ का सोमिया इन्टरप्राइजेजका सञ्चालक लेकबहादुर भुलेजविरूद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दादायर गरेको छ।

भुलेलसँग ११ करोड ९७ लाख ९३६ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।

भुलेलले ३ करोड ८२ लाख १४ हजार ८९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८ करोड १४ लाख ८६ हजार ३६ रुपैयाँ आयकर छलेको विभागले जनाएको छ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६