प्रदेश

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा र कोइराला सहभागी, देउवाद्वारा पौडेलको प्रशंसा



काठमाण्डौ, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् ।

मङ्गलवार बिहान लैनचौरमा भएको चियापान कार्यक्रममा शेरबहादुर देउवा र शेखर कोइराला सहभागी हुनु भएको हो । नेतृत्वका लागि भएको पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र कोइराला पौडेलको निम्तो मान्न लैनचौर पुग्नु भएको हो ।

पहिलो चरणमा पौडेलले कोइरालालाई आफ्नो समर्थन रहेको बताउनु भएको थियो । दोस्रो चरणको चुनावमा भने कसलाई समर्थन गर्ने भन्नेबारे उहाँले केही सार्वजनिक गर्नु भएको छैन । उहाँले आफ्ना प्रतिनिधिलाई विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ । यस्तै, कार्यक्रममा देउवाले पौडेलको प्रशंसा गर्नु भएको छ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६