प्रदेश

कांग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त, प्रकाशमान सिंहलाई आफ्नो पक्षमा पार्न दौडधुप



काठमाण्डौ, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न संस्थापन पक्ष र संस्थापन इतर समूह जुटेको छ ।

संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको छ । यस्तै, संस्थापन इतर समूहका सभापतिका उम्मेदवार रहेका शेखर कोइरालाले पनि प्रकाशमान सिंहसँग छलफल गर्नु भएको छ ।

तर, नेता प्रकाशमान सिंहले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्नेबारे खुलाउनु भएको छैन । अहिले चाक्सीबारीमा सिंहले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँग छलफल गरिरहनु भएको छ । १४औँ महाधिवेशनका उम्मेदवार सिंहले ३ सय ७१ मात्र पाउनु भएको थियो ।

अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६