प्रदेश

प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने




काठमाण्डौ, २८ मंसिर । प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । आज मङ्गलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोधलाई निरन्तरता दिएको हो ।

एमालेले आजदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो ।

यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६