खोज–अनुसन्धान

बाल विवाह रोक्न क्रियाशील हुँदै किशोरीहरु : एकवर्षे रणनीति तयार




जानु पाण्डे
कपिलवस्तु २८ मंसिर ।बाल विवाह मुक्त क्षेत्रमै बाल विवाह बढ्न लागे पछि बाल विवाह रोक्न किशोरीहरु सक्रिय हुन लागेका छन् । बाल विवाह निरुत्साहित गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ का किशोरीहरुको अगुवाइमा एक वर्षे रणनीति तयार गरिएको छ । रनगाई आशा सञ्जालले सोमवार जनप्रतिनिधि र सरोकारवालालाई जुटाउँदै बाल विवाह शून्य बनाउने अभियानमा जुटेको छ ।सञ्जालले वडाका १ सय जना नमुना लिई सर्वेक्षण गर्दा पछिल्लो ३ वर्षमा ६४ बालबालिकाको बाल विवाह भएको देखाएको थियो । जस मध्ये १३ वर्षको उमेर समेत बाल विवाह भएको फेला परेको थियो । समुदायमा बाल विवाह भए पनि पक्राउ हुने डरले घटना दर्ता गर्न नजाने देखिएको संञ्जाल की अध्यक्ष अञ्जली थारुले बताउनु भयो ।

समुदायमा प्रेम विवाह बढ्न थाले पछि बाल विवाह मुक्त अभियानमा जटिलता उत्पन्न गराएको वुद्धभूमि नगरपालिका वडा नं. ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य ( विकास)ले बताउनु भयो । इन्टरनेटको पहुँच बढे सँगै बाल बालिकाहरु सानो उमेरमा माया प्रेम फस्ने प्रचलन बढ्दै गएको देखिएको छ । बालबालिकालाई सचेतनाका कक्षा सञ्चालन गर्दै बाल विवाह सँगै जीवन उपयोगी सिपका कक्षा सञ्चालनमा जोड दिने योजना निर्माण गरेको सहयोगी संस्था किडार्क नेपाल कपिलवस्तुका संयोजक कृष्ण रावलले बताउनु भयो । रणनीति तयार गर्न समुदायका अगुवा, शिक्षक, नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी र किशोरी बिच छलफल गरिएको स्थानीय किशोरी रिमा थारुले बताउनु भयो ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६