अर्थ-वाणिज्य

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण



काठमाडौं २८ मंसिर । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उहाँको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ। ‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४–५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उहाँले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही दिनदेखि एमाले बैठक जारी छ । उहाँ यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित हुनुभएको थियो ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६