अर्थ-वाणिज्य

बुटवलमा व्यापार मेलाको तयारी तीव्र, मेला महोत्सव बिरुद्ध तुलसीपुर बजार बन्द




बुटवल २८ मंसिर । आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र रुपमा अगाडि बढेको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो ।उक्त मेलामा चारसय बढी स्टल रहने जनाइएको छ । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५० स्टल रहने र मंगलबारसम्म करिब सय वटा स्टल दर्ता भइसकेका स्टल व्यवस्थापन संयोजक लोकनाथ पाण्डेले जानकारी दिए ।
प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन, कृषि र नयाँ प्रविधिका स्टललाई प्राथमिकता दिइएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।मेलामा युवा पुस्तालाई आकर्षित गर्न १५ वटा सेल्फी जोन र शंखघण्टसहितका पूजारी राखेर विभिन्न ११ देवी–देवताका मन्दिर बनाइने संघका प्रचारप्रसार समिति संयोजक जनेस पन्थीले बताए ।बुटवलमा क्रियाशील चार वटा व्यावसायिक संस्थामध्ये उद्योग व्यापार संघ बुटवलले पहिलोपटक मेला आयोजना गर्न लागेको हो । बुटवलमा प्रत्येक वर्ष यस्ता मेला स्थानीय उद्योगी व्यापारीका संघ संगठनहरुले गर्ने गर्दछन् ।
यता तुलसीपुर चेम्वर अफ कमर्शले आउँदो पुस १ देखि १२ गते सम्म महोत्सव लगाउन लागेको भन्दै तुलसीपुरका ब्यबसायीले विरोध जनाएका छन् । कोरोना भाईरसका कारण झण्डै २ बर्षदेखि थिलो थिलो भएको ब्यबसाय माथि उठन नसकि रहेको अबस्थामा पुन मेला महोत्सव सञ्चालनले कम्जोर हुने भन्दै मंगलबार तुलसीपुर बजार बन्द गराएका छन् । कोरोना महामारी कारण व्यापार व्यवसाय थला परेको समयमा महोत्सवले व्यापारीलाई झन मर्कामा पार्ने तुलसीपुर फेन्सी व्यवसायीको भनाइ छ ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घमा आबद्ध विभिन्न २३ वटा उपसमितिले महोत्सवको विरोध जनाएका छन् । अहिले फेरि नयाँ कोरोना भाइरसको भेरियन्ट फेला परेको अवस्था यसरी मेला महोत्सव लगाउनु उचित नभएको उनीहरुको तर्क छ । बजार बन्द गर्नु भन्दा पनि वार्ता र संवादबाट यसको निकास निकाल्नु पर्ने केही व्यापारीहरुको भनाइ छ । बजार बन्दका कारण दैनिक गुजारा टार्ने व्यवसायीहरूलाई समस्या उनीहरुको भनाइ छ ।यता महोत्सव आयोजक तुलसीपुर चेम्बर अफ कमर्सले भने महोत्सव तोकिए कै समयमा सञ्चालन हुने बताएको छ । महोत्सवको तयारी करिब ९० प्रतिशत सकिएको भन्दै व्यवसायीहरुको माग पुरा गर्न तयार रहेको चेम्बरको भनाइ छ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६