अर्थ-वाणिज्य

भारतमा ओमिक्रोन नयाँ भेरियन्ट दिल्लीसहित ८ राज्यमा फैलियो




भारत २९-मंसिर/ भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नयाँ दिल्लीसहित ८ राज्यमा फैलिएको छ । राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चन्डीगढ (युनियन टेरिटरी) मा नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मंगलबार दिल्लीमा ओमिक्रोनका थप ४ संक्रमित फेला परेका छन् । योसँगै भारतभर हालसम्म ४५ जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् २० जना छन् । त्यस्तै, राजस्थानमा ९, दिल्लीमा ६, गुजरातमा ४ र कर्नाटकमा ३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । केरला, आन्ध्र प्रदेश र चन्डीगढका १-१ जनामा यो भेरियन्ट देखिएको छ । तर ओमिक्रोनको त्रासबीच भारतमा मंगलबार कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या झण्डै १९ महिना ९५७१ दिन० यताकै कम बिन्दुमा पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८४ नयाँ संक्रमित थपिएका छन् ।

उक्त अवधिमा २५२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, भारतमा सक्रिय संक्रमितको संख्या समेत ५६३ दिनयताकै न्यून बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९९५ जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ८८ हजार ९९३ मा झरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । भारतमा हालसम्म ३ करोड ४७ लाख ३ हजार ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ४१ लाख ३८ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् भने कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार ८८८ पुगेको छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६