समाचार

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की रुपाको बैदेशिक रोजगारीको कथा



तुलसीपुर २९ मंसिर/ तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ की रुपा बुढा बैदेशिक रोजगारीको शिलशिलामा ३ वर्ष दुवईमा बसिन् । कोभिड १९ फैलिएसंगै उनी नेपाल फर्किईन् । १३ वर्ष पहिले श्रीमानले कान्छि श्रीमती ल्याएर अलग बसे पछि उनी छोराको पालन पोषन र राम्रो स्कुलमा बढाउनकै लागि सासुको साथमा छोरालाई छोडेर विदेश गईन् । नेपालमा कुनै रोजगारी नपाएपछि बिदेश गएकी रुपालाई अर्काको देशमा गएर काम गर्न सजिलो थिएन । नत उनी पढेकी छिन् नत कुनै सिप नै सिकेर विदेश गईन् । भाषा नबुझेकै कारण साहुँले पिटेको टाटाहरु अहिले पनि प्रस्टै देखिन्छ रुपाको हातमा । काम र भाषा नबुझे कै कारण दुवईमा नौ महिनासम्म ३ सयमा काम गरेकी उनी काम जानेपछि भने नौसय रुपैयाँ तलब पाउँथिन् ।

बिदेशमा जति दुःख भोगेपनि नेपालमा आएसंगै कसैले पनि त्यो कुरा नबुझेको उनको गुणासो छ । ‘हामीले विदेशमा दुःख गरेको कसैले देख्दैनन्, नेपाल आएपछि चरित्र माथी औला उठाउँछन् उनी भन्छिन् हामीलाई सरकारले क्षमता अनुसार नेपालमा रोजगारीको सृजना गर्नु पर्छ’ । तुलसीपुर ६ की पुष्पा मल्लको श्रीमानको रोजगारीको लागि मलेसिया गएको समयमा मृत्युभयो । उनको श्रीमानले झुण्डीएर आत्महत्या गरेको भन्ने जानकारी आएपनि त्यसको अरु कुनै रिर्पोटको कागजपत्र उनले पाइनन् । श्रीमानको मृत्यु पछि केही राहत पाउँने आशामा पुष्पा मेन पावर धाउन थालिन । तर उनको श्रीमानको नाममा आएको रातह पुष्पा मगर नामको महिलाले लगेकी मेन पावरले जवाफ दियो । त्यसपछि पुष्पा आफ्नो श्रीमानको मृत्यु भएको देश मलेसिया जाने आट गरिन् । तर अनेक वाध्यताका विच उनी मलेसिया नभई साउँदीमा गईन् । विदेश गएसंगै भाषाको समस्याका कारण आफुले धेरै दुःख पाएको बताईन् ।

तुलसीपुरकै हरी कुमारी नेपाली श्रीमानको यातना सहन नसकेर विदेश पलायन भईन् । श्रीमानले उनको नागरिकता समेत नबनाई दिएपछि धनगढीको महिलाको पासपोर्टमा उनको फोटो टाँसेर दलालले उनलाई साउदीमा पठायो । साउँदीबाट घर फर्केर केही समयपछि उनी श्रीमानको सल्लाहामा फेरी कुवेत गईन् । कुवेतमै काम गर्ने क्रममा घर मालिककले चोरीको आरोप लगायर मार्न थाले । घरको साहुनीले उनलाई मार्न दिईनन् । त्यसपछि उनी नेपाल आउने कुरा राखिन तर साहुँले आफुलाई मार्न लागेको कुरा कसैलाई नभन्ने सर्तमा उनलाई एमविसी लगे । एमविसीमा साहुँले लगेपनि उनले आफु माथी भएको घटना सुनाउन सकिनन् । त्यती मात्रै नभई उनले ३ महिनाको तलब समेत पाईनन् । त्यसपछि उनी कुवेत कै एक होटलमा काम गर्न पुगिन् । रात दिनको कामको चापले गर्दा उनी बेहोस भईन् । अस्पताल लगेको २४ घण्टापछि होस आएसंगै उनलाई अर्को स्थानमा काम गर्न पठाईयो । उनी त्यहाँबाट भागिन् । त्यसपछि प्रहरीले उनलाई समातेर २२ दिन जेलमा राखेर नेपाल पठायो । घर आएसंगै उनका श्रीमानले चरित्रमा औला उठाएर अलग बसेका छन् ।

महिला मात्रै होईन बैदेशिक रोजगारीमा गएका पुरुषहरुले समस्या पनि उस्तै छ । पुरन चौधरी विज्ञान विषय लिएर अध्ययन गर्दै थिए । त्यही समयमा घरको समस्याले गर्दा उनी रोजगारीको लागि विदेश जाने सोच बनाए । उनी एउटा पत्रिकामा आएको एउटा कम्पनीमा सुपरभाईजर र म्यानेजरको आवस्यकता भनेर विज्ञापन देखे । उनी ईन्टर भ्यु दिन गए र पास पनि भए । सुरुमा उनलाई मासिक ५०, ६० हजार तलब भनेर सुनाईयो तर विदेश पुगेर उनले मासिक २३ हजार मात्रै तलब पाए । त्यसपछि उनी नेपाल आउनको लागि एमविसीमा गए तर उनलाई एमविसीले नेपाल पठाउनुको साटो फेरी कम्पनीमा पठायो । नेपालीले नेपालीलाई पैसाको लागि बेच्ने गरेको उनले सुनाए । नेपाल फर्कनको लागि पनि विभिन्न वहाना बनाउनु पर्ने उनले बताए । यसरी वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सरकारले रोजगारीको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६