प्रदेश

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज



काठमाडौं, २९ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई बिहान ११ बजे शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६