प्रदेश

कपिलवस्तुको बुद्धभुमि सहित ३ पालिकामा अख्तियारको छापा, कागजात नियन्त्रण



बुद्धभुमि, २९ मंसिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको बुद्धभूमि नगरपालिका सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले बताए ।

पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार आयोगको टोलीले गरेको स्थलगत छानबिनको आधारमा सो उजुरी उपर थप अनुसन्धान गरिने सहसचिव रिसालले बताए ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६