प्रदेश

यस कारण त्यो ‘ओलीवेशन’, यो अधिवेशनः गगन थापा



काठमाण्डौ, २९ मंसिर । नेपाली का‌ंग्रेसका नेता गगनकुमार थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा। शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनुभएको हो ।

उहाँले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयम् प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताउनुभयो । नेता थापाले सभापति देउवाले अब नेपाली कांग्रेस पार्टीलाई गुटरहित बनाएर सही दिशा दिनुपर्ने बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘हिजो करिब–करिब सम्माननीय प्रधानमन्त्रीज्यू चुनावको प्रारम्भदेखि अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो स्याँठ चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भए पनि पाँच घण्टा लाइन लागेर बस्नुभयो । एक–एक मतदातालाई हात जोड्नुभयो । सेल्फी खिच्नुभयो । यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो । पूर्वप्रधानमन्त्री त्यो बेलामा सानले एउटा रिसोर्टमा बस्नुभएको थियो । अरू सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए । कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो, पढ्नुभयो, सुनाइदिनुभयो, अधिवेशन सकियो । तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुपर्‍यो, हात जोड्नुपर्‍यो, मत माग्नुपर्‍यो । त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यही नै हो ।’

नेता थापाले अब पार्टीका नेताहरू सबैको सभापति शेरबहादुर देउवा भएको बताउँदै पार्टीमा आफ्नो सम्बन्ध, सङ्घर्ष र सहकार्यको हुने बताउनुभयो । उहाँले पार्टी सभापतिको कुनै गुट नहुने भन्दै नवनिर्वाचित सभापति देउवालाई त्यहीअनुसार अघि बढ्न आग्रह गर्नुभयो ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६