कपिलवस्तु १ पुस ।नेकपा एमाले वाणगंगा नगर कमिटी सचिवालयको वैठक विहिवार बसेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेकपा एमालेमा आउनेको लहर चलेको बताउनु भयो । एमालेप्रति जनताको आकर्षण बढेको उहाँले जनाउनु भयो । यहि पुष ६ गते बहादुरगञ्जमा हुने विशालजनसभामा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले मधेशी समुदाय उत्साहित बनेको जनाउनु भयो । कार्यक्रममा बोल्दै पाटी सचिवालय सदस्य चक्र अर्यालले जनसभामा जिल्लाका पाटी कार्यकर्ता , शुभ चिन्तक लगायतको उलेख्य सहभागिता हुने बताउनु भयो ।
उक्त सभामा बाणगंगाबाट ६ हजारको उपस्थिती हुने नगरका अध्यक्ष युवराज पोख्रेलले जनाउनु भयो । जनसभाको तयारीका लागि नगरका ११ वटै वडामा २ र ३ गते तयारी वैठक बस्ने समेत उहाँले जनाउनु भयो । वैठकले केहि दिन अगाडि पाटीकोचितवनमा भएको ऐतिहासिक दशौं महाधिबेशनको समिक्षा समेत गरेको थियो । महाधिबेशनमा नगरबाट उल्लेख्य सहभागिता रहेको व्रठकले निष्कर्ष निकालेको थियो । नगर सचिव विष्णु गिरीको सञ्चालनमा कार्यक्रम भएको हो ।
१ पुस २०७८, बिहिबार








प्रतिक्रिया