अर्थ-वाणिज्य

म कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री हो :गगन थापा



काठमाडौं १ पुस -नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् । 

बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए । 

अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए । 

‘एउटा समूहको उम्मेदवार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो’, थापाले भने ।  

उनले बेठीक व्यक्तिलाई महामन्त्री बनाएछ भन्ने हुन नदिने बताए। उनले आफूलाई विजयी बनाउने सबैलाई धन्यवाद दिए । 

प्रकाशित : १ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६