अर्थ-वाणिज्य

नेपाली राजनीतिमा किन आयो त तरंग ?



काठमाडौं १ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यको सपथग्रहण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्र शाहका बीचमा पाँच बुँदे सहमति भएको बताएपछि नेपाली राजनीतिमा तरंग आएको छ । एमाले अध्यक्ष ओलीले सही सूचनाका आधारमा आफ्नो धारणा राख्नुभएपछि अताल्लिएका प्रचण्डले आज बिज्ञप्ती नै जारी गरेर चुनौती दिनुभएको छ । तर तथ्यले ओलीले सही कुरा खोलेको देखाएको छ ।

ओलीले सम्बोधनका क्रममा २०६१ मंसिर १८ मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको बताउनु भएको छ । सहमतिपत्रमा के के बिषय उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उहाँले प्रचण्डको भण्डाफोर गर्नुभयो र भन्नुभयो, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो ।’ आफ्नो सम्बोधनको क्रममा ओलीले थप्नुभयो, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे । पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किए ।’

यो विषयमा एमाले अध्यक्ष ओलीले पहिलो पटक खुलास गर्नुभएको भने होइन । तत्कालनीन माओवादी नेतृ हिसिला यमीले यसअघि नै यो तथ्य सार्वजनिक गरिसक्नु भएको छ । विश्वप्रसिद्ध प्रकाशनगृह पेन्गुइन बुक्सबाट प्रकाशित ‘हिसिला फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ पुस्तक मार्फत उहाँले यस विषयको सूचना लिक गर्नुभएको छ । ३८ अध्यायमा बाँडिएको हिसिलाको पुस्तक ३४६ पृष्ठको रहेको छ ।

तत्कालीन अवस्थामा प्रचण्ड र ज्ञानेन्द्रबीचमा समन्वय गर्ने मानिसहरू अहिले पनि नेपाली राजनीतिमै रहेका छन । ज्ञानेन्द्र र प्रचण्डको सम्झौतालाई मूर्त रूप दिन राजाका तर्फबाट कमल थापाले छलफल गरेका थिए । प्रस्तावित पाँच बुँदामा माओवादीका तर्फबाट डा बाबुराम भट्टराईले छलफल गरेका थिए ।

प्रचण्ड र ज्ञानेन्द्रकै सहमतिका आधारमा ज्ञानेन्द्र नागरिक अभिनन्दनको नाममा जिल्ला भ्रमणमा निस्किएका थिए । विभिन्न बहानामा शिक्षक, पत्रकार र राजनीतिक दलका नेताहरू समेत मारिइरहेको अवस्थामा ज्ञानेन्द्रले ढुक्कसँग नागरिक अभिनन्दनको अभियान चलाएका थिए । प्रचण्डको सहमति नभएको भए तत्कालनी अवस्थामा ज्ञानेन्द्र काठमाडौँभन्दा बाहिर निस्कन समेत पाँच पटक सोच्नुपर्ने अवस्था थियो । तर सोही सहमतिमा कारण ज्ञानेन्द्रको अभिनन्दनको कार्यक्रमहरू भएका थिए ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६