तुलसीपुर
२ -पुस । तुलसीपुर प्रहरीले जबरजस्तीकरणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गएराती तुलसीपुर उपमहानगरपालिका १८ स्थित शखु चौधरीको घरमा विवाहको नाच हेर्न गएको अवस्थामा १६ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
जबरजस्तीकरणी गर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ निवासी २० वर्षिय विशाल चौधरी रहेका छन् । उनले १६ वर्षिया बालिका पिसाब फेर्न गएको अवस्थामा जवरजस्तीकरणी गरेको प्रहरीको भनाई छ । उनलाई बुधबार रातीनै पक्राउ गरी आज बिहीबार दाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया