प्रदेश

श्रीमती हत्या अभियोगमा श्रीमान पक्राउ



स्याङजा,पुस २ । प्रहरीले आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भिरकोट नगरपालिका–६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई श्रीमती कोपिलाको हत्या अभियोगमा पक्राउ गरेको हो । थापाले श्रीमती कोपिलाको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले श्रीमती कोपिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारको क्रममा कोपिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६