प्रदेश

बाणगंगामा पुष ४ देखी १८ गते सम्म मतदाता नामावली सङ्कलन हुने ।




हरि घिमिरे, ०२ पुष ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पुष ४ गते देखी १८ गते सम्म फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु हुने भएको छ । निर्वाचन मिति घोषणा भएपश्चात मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य स्थगित गर्नु पर्ने भएकाले सो अगावै दर्ता छुट भएका नागरिकको नामावली दर्ता गर्नका लागि निर्वाचन कार्यालयले संकलन कार्य सुरु गरेको हो । मतदाता नामावली निर्वाचनको आधारस्तम्भ भएको हुँदा यसको सङ्कलन तथा अद्यावधिक गरी निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धिका लागि यस कार्यक्रमको महत्वपूर्ण भूमिका रहन्छ । जस अनुसार सुक्रवार बाणगंगा नगरपालिकामा अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा जनप्रतिनिधी, विभिन्न सरकारी कार्यालय, सूरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा जानकारी तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । मतदाता नामावली संकलन तथा दर्ता कार्यमा आम मतदाताको पहुँचलाई सहज गराउनु तथा लोकतान्त्रिक राज्यको शासन व्यवस्थामा जनताको सहभागिताका गराउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले बताए । यस्तै बाणगंगा नगरपालिकाको पशु सेवा शाखाको कक्षमा हुन लागेको मतदाता नामावलि संकलनमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदान गर्न योग्य नागरिहरु कोहि पनि नछुुटुन् भनेर सरोकारवालाहरुलाई ध्यानकेन्द्रीत गराईएको प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताए । यस्तै कार्यक्रममा नगर उप प्रमुख चक्रपाणि अर्यालले मतदाता नामावली ऐन, २०७३ ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने विधि र प्रक्रिया अपनाए अनुसार बाणगंगाका नगरवासिहरुलाई मताधिकारको प्रयोगका लागि आफ्नो नामावली सङ्कलन गरि सहयोग गरिदिन आग्रह गरे । बाणगंगामा सङ्कलन हुने मतदाता नामावलीमा पुष ४ गते दोखि प्रत्यकदिन एक, एक वडाका नागरिक सहभागि भएर नामवलि दर्ता गराउन नगरले आग्रह गरेको छ । जसमा बाणगंगा वडा न.१को ४ गते, वडा २कोे ५ गते, वडा ३कोे ६ गते, वडा ४को ७ गते, वडा ५ को ८ गते संकलन हुने भएको छ । यसैगरि वडा न.६को ९ गते, वडा ७को १० गते, वडा ८को ११ गते, वडा ९को १२ गते, वडा १०को १३ गते, वडा ११को १४ गते सम्म संञ्चालन हुने नगले जनाएको छ । यस्तै बाकीँ रहेको ४ दिन छुटफुट नागरिकको दर्ता हुने बताईएको छ । ंनगरपालिकामा मतदाता नमावलि संकलनमात्र हुने र अन्य नामावलि सरुवा तथा सच्याउन परेमा जिल्ला निर्वचनमा गई सच्याउन सकिने छ । बाणगंगा नगरपालिकाको शभाहलमा सम्पन्न कार्यक्रममा मेयर मंगल प्रसाद थारुको अध्यक्षता, शिक्षा शाखा प्रमुख बावुराम भट्टराई को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६