प्रदेश

बालबालिका लक्षित गर्दै कपिलवस्तुका विद्यालयमा मोडर्ना खोप ।




जानु पाण्डे, २ पुष ।
बालबालिकालाई लक्षित गर्दै कपिलवस्तुका विद्यालयमा कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाइने भएको छ । विद्यालयमा जाने र समुदायमा रहेको १२ देखी १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी खोप लगाउन स्वास्थ्य कार्यालय कपिलवस्तुले तयारी पुरा गरेको छ । कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागी पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुख सँग सूक्ष्म योजनानिर्माण भएको छ । पुस ५ गते देखि जिल्लाका सबै पालिकामा एकै पटक खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनु भयो ।

२०६१ साल मंसिर देखी २०६६ साल मंसिर भित्र जन्मिएका बालबालिकाहरुलाई खोप लगाउन सकिने पाण्डेले बताउनु भयो । कक्षा ६ देखि माथि सञ्चालन भएका हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउने शिवराज नगरपालिकाका उपसचिव लोकराज पन्थीले बताउनु भयो ।

उक्त खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताउनु भयो । रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरण समेत गर्नु भएको थियो । जिल्ला भरको लागि पहिलो मात्राको लागि ८० हजार डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताउनु भयो ।अभियान १० दिन चल्ने बताइएको छ । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, सुहारा र जिल्लाका १० पालिकाको सहभागिता रहेको थियो ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६