अर्थ-वाणिज्य

कृषि र कृषकको विकास बिना देशको अर्थतन्त्र बलियो हुन सक्दैन :सांसद पन्थीले



कपिलवस्तु २ पुस।

लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले देशको अर्थब्यबस्थाको मेरुदण्ड कृषिको विकास रहेको बताउनुभएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुर शाखाको २२ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद पन्थीले कृषि र कृषकको विकास बिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताउनुभएको हो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका सांसद पन्थीले कृषिमा आधुनिकिकरण नहुदा सम्म किसानको आर्थिक विकास हुन नसक्ने बताउँदै कृषिमा आधुनिकता, व्यवसायिकता र प्रविधिको आवश्यकता रहेको औल्याउँनुभयो ।

सांसद पन्थीले हजारौ युवाहरु खाडी मुलुकमा गरेको मेहेनतबाट प्राप्त रेमिट्यान्सले मात्र देशको अर्थ व्यबस्था चल्न नसक्ने बताउदै कृषिको विकासको विकल्प नरहेको बताउनुभयो ।

उहाँले कृषक वर्गले पनि आ–आफ्नो आयआर्जन बृद्धि गर्दै आर्थिक रुपमा समृद्ध भए मात्र देश समृद्ध हुने बताउनुभयो । त्यसका लागि प्रदेश सरकारका तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताउदै साना किसान कृषि सहकारीले ग्रामिण समुदायका स्थानीयको जिवन स्तर उकास्न अहक भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अथितीको रुपमा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले कृषिमा आधुनिकिकरण नहुदा सम्म किसानको आर्थिक विकास हुन नसक्ने बताउदै कृषिमा आधुनिकता, व्यवसायिकता र प्रविधिको आवश्यकता रहेको औल्याउनुभयो । नेपालमा कृषिलाई बृद्धि नगर्दा सम्म देशको अर्थतन्त्र आर्थिक विकास हुन नसक्ने बताउदै नेपालको अर्थ व्यवस्थाको मेरुदण्ड कृषिको विकास नै रहेको उहाको भनाई छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६