कपिलवस्तु ३ पुस । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुको आज (शनिबार) हुने अधिवेशनले नयाँ नेतृत्व छनौट गर्दैछ । बिहान ९ बजे गोरुसिंगे शुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सुन्दर पाण्डेले जानकारी दिनुभयो । अधिवेशनमा विभिन्न सांगठनिक प्रतिवेदनहरु प्रस्तुत हुने छ भने बन्द सत्रपछि निर्वाचन प्रक्रिया सुरु हुने छ ।
अधिवेशनले प्याब्सनको नयाँ नेतृत्व टीम समेत चयन गर्नेछ । जसको लागि (बिहिबार) नै उमेद्धवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।जस अनुसार अध्यक्षमा २ जनाको उमेद्धवारी परेको छ । प्याब्सन जिल्ला अध्यक्षका लागि होराइजन आवासिय मावि सिद्धिपुरका प्राचार्य बासुदेब घिमिरे र लिटिल स्टार बोर्डिङ स्कुल ओदारीका प्राचार्य सुन्दर पाण्डेको बीच प्रतिस्पर्धा हुन लागेको हो । पाण्डे हाल प्याब्सनको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । हाल नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुमा ७९ जना सदस्य छन् ।घिमिरे यसअघिको अधिबेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनु भएको थियो ।
३ पुस २०७८, शनिबार








प्रतिक्रिया