अर्थ-वाणिज्य

विद्युतको खपत बढाएर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मन्त्री भुसालको आग्रह ।



काठमाण्डौ, ३ पु्ष । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाएर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सबै क्षेत्रलाई आग्रह गर्नु भएको छ ।

शनिबार काठमाण्डौको क्षेत्रपाटीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन आग्रह गर्नु भएको हो । मन्त्री भुसालले विद्युतको खपत बढाएर देशको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताउनु भयो । उहाँले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउनु भयो ।

‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु । र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस भनेर अपिल गर्न चाहन्छुु मन्त्री भुसालले भन्नुभयो, ुभान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् । अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ र यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ ।’

मन्त्री भुसालले सरकारले विद्युत् बिक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि स्मरण गराउनु भयो ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६