अर्थ-वाणिज्य

७० प्रतिशत मतभार सहित प्याब्सन अध्यक्षमा पाण्डे निर्वाचित



कपिलवस्तु ३ पुस । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुको आज शनिबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोछ । प्रेसपाटीलाई प्राप्त विवरण अनुसार ७६ मत खसेकोमा सुन्दर पाण्डेले ५३ मत पाएर अध्यक्षमा विजयी हुनु भएको छ भने वासुदेव घिमिरेले २३ मत मात्र पाउनु भएको छ ।
प्याब्सन जिल्ला अध्यक्षका लागि बासुदेब घिमिरे र सुन्दर पाण्डेको बीच प्रतिस्पर्धा भएकोमा पाण्डेले फराकिलो मतान्तरण जित हासिल गरेर अध्यक्ष बन्नु भएको हो । हाल नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुमा ७९ जना सदस्य रहेकोमा ७६ मत खसेको थियो । प्रतिशतमा हेर्दा निर्वाचित हुनुभएको पाण्डेले पाएको मत ७० प्रतिशत हो भने घिमिरेले ३० प्रतिशत मात्र मत पाउनु भएको छ ।
पाण्डे निर्वमान समितीको उपाध्यक्ष हुनुहुन्थ्यो भने घिमिरे यस अघिको अधिबेशनमा समेत अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनु भएको थियो । अधिवेशनले प्याब्सनको नयाँ नेतृत्वको टीम समेत चयन गरेको छ ।जसअनुसार वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र बिक्रम सिङ ,उपाध्यक्षमा तोयनाथ गैरे र सचिवमा दिपक प्रसाद भुसाल विजयी हुनु भएको छ । उहाहरुसंग प्रतिस्पर्धा गरेका राजु अधिकारी र विजय कुमार गुप्ता भने झिनो मतान्तरमा पराजित हुनु भएको छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६