जीवनशैली

यूवासंघको शशक्त सुरक्षामा एमाले ढुक्क : नेता शर्मा




कपिलवस्तु ३ पुस ।एमालेका प्रदेश नेता डम्मर शर्माले एमाले नेतृत्वको सुरक्षा पंक्तिका रुपमा रहेर पार्टीको उचाई बढाउन यूवासंघ नेपालका कार्यकर्ताको भूमिका अत्यन्तै मह्त्वपूर्ण रहदै आएको वताउनु भएको छ । उहाले उहाँले अब युवाहरु संगठित उत्पादन कार्यमा जोडिएर पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । बाणगंगा वडानं ११ को भेलालाई संबोधन गर्दे उहाले यस्तो वताउनु भएको हो । सोहीक्रममा यूवासंघका केन्द्रिय सदस्य समेत रहेका वाणगंगा नगर कमिटी अध्यक्ष कमल क्षेत्रीले बाणगंगाका यूवाले सिंगो जिल्ला हाक्ने ठाकुवा गर्नु भयो ।क्षेत्रीले जिल्लाका १० वटै स्थानीय तहभन्दा बाणगंगा नगर कमिटि तदारुकताका साथ लागि परेको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने समेत बताउनुभयो ।
यता नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटिले वडा कमिटी गठनलाई तिव्रता दिएको छ । संघको नगर अधिवेशन पश्चात् वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो ।सोहि क्रममा बाणगंगा नगरपालिका वडा नं ११ मा पनि वडा कमिटि गरिएको छ । नगर कमिटीद्धारा आयोजित युवा भेला तथा अधिवेशनबाट पुष्पमणी ज्ञवालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा सरिता उपाध्याय पोख्रेल, सचिवमा योगेश पाठक, सह–सचिवमा सन्तोष नेपाल, अंकिता शर्मा चयन हुनुभएको छ ।

पार्टी वडा कमिटी उपाध्यक्ष तारावन्ती कुमारी चौधरीको अध्यक्षता, पार्टी वडा कमिटी अध्यक्ष चेतनारायण ढकालले स्वागत एवं उदेश्यमाथी प्रकाश पार्नुभएको कार्यक्रम नगर कमिटी सदस्य तथा वडा इन्चार्ज गणेश अधिकारीको संचालनमा सम्पन्न भएको हो ।यसैविच अखिल नेपाल महिला सघंको पनि वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भगवती पाठकको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा विजया रिजाल खनाल, सचिवमा पार्वती तिमिल्सीना, कोषाध्यक्षमा विमला पोख्रेल, सहसचिवमा विष्णु कुमारी गाहा मगर रहनुभएको छ । नव निर्वाचित कमिटीलाई वडा इन्चार्ज यमकुमारी गाहाले सपथ ग्रहण गराउनुभएको थियो ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६