अर्थ-वाणिज्य

लमजुङ एमाले देशभरमा पहिलो



लमजुङ ३ पुस । जिल्लाअधिबेशन गर्नेमा लमजुङ एमाले देशभरमा पहिलो भएको छ ।नेकपा (एमाले) लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो ।एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले जानकारी दिए ।

एमाले जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल यसअघि नै प्रदेश कमिटी सदस्य चयन भइसकेका छन् । एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेकाे अनौपचारिक बैठकमा पार्टी अध्यक्ष अधिकारी र सचिवको जिम्मेवारी पौडेललाई दिने निर्णय भएको एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले बताए । उनका अनुसार पुस २३ गते जिल्ला अशिवेशन हुनेछ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६