अर्थ-वाणिज्य

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक



काठमाडौँ ३ पुस । निर्वाचन आयोगले आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ।

प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ दुइ हजार २५ जना मतदाताको नामावली आयोगले स्वीकृत गरेको हो। आयोगले सार्वजनिक गरेको मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालयले दावी विरोधको समय दिइ अन्तिम नामावली पुस दोस्रो हप्ता सार्वजनिक गर्ने कार्यक्रम छ ।

१४ वटा मतदान केन्द्र

उक्त निर्वाचनका लागि आयोगले मतदान स्थल समेत कायम गरेको छ । प्रदेश नं. १ मा २ वटा मतदान स्थल\केन्द्र र अन्य ६ वटा प्रदेशमा १\१ वटा मतदानस्थल भित्र २\२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरु तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले देशसञ्चारलाई बताए ।

प्रवक्ता पौड्यालका अनुसार प्रदेश नं. १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, बिराटनगर र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला, बिराटनगरमा मतदान स्थल तोकिएको छ ।

यसैगरी प्रदेश नं.२ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ ।

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी आयोगले तीव्र पारेको हो । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबारै सूचना मार्फत् आह्वान गरेको छ ।

राजनीतिक दल दर्ताका लागि पुस १ देखि १० गतेसम्मको समय दिइएको छ । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६