खोज–अनुसन्धान

देशभरमा सबैभन्दा धेरै लुम्विनीवाट बेपत्ता पारिएको पुष्टि : कुन जिल्ला छ सबैभन्दा अगाडी ?




कपिलवस्तु ३ पुस । बेपता पारिएका ब्यक्तिको छानविन आयोगमा प्राप्त ३२ सय ५९ उजुरी मध्ये २४सय ९७(सनतानबबे) उजुरी आयोगले छानविनका क्रममा लगेको आयोगका आयुक्त एवम प्रबक्ता डा. गंगाधर अधिकारीले वताउनु भएको छ । उहाले सामुदायिक टेलिभिजन बुद्ध आवाजको कार्यक्रम लोजिक शोमा अन्तवार्तादिदै यस्तो जानकारी गराउनु भएको हो । २०७१ सालमा गठन भई काम थालेको आयोगले ७ वर्षका अबधीमा उजुरीमाथि छाननिव गरेपनि बास्तविक वेपत्ता पारिएका ६ सय जनाको पहिचान गरि उनीहरुको परिवारलाई प्रमाणपत्र समेत वितरण गरेको आयुक्त अधिकारीको भनाइछ ।
बेपत्ता छानविन आयोगका आयुक्त डा .अधिकारीले ७ वटा प्रदेश मध्ये सबै भन्दा धेरै बेपत्ता परिएकाहरुको प्रदेशका रुपमा लुम्विनी देखा परेको तथ्य पेश गर्दै लुम्विनीमा पनि सबैभन्दा अगाडी बर्दिया रहेको वताउनु भयो । उहाले लुम्विनी प्रदेशमा बेपत्ता पारिएका ब्यक्तिको संख्या ७२२ रहेकोमा बर्दियामा मात्रै २५५ रहेको स्पष्ट पार्नु भयो ।
कपिलवस्तुमा आयोगसमक्ष २४ जनालाई बेपत्ता पारिएको भन्दै उजुरी परेपनि २० जना बेपत्ता पारिएको तथ्य पुष्टि भएको वताउदै उहाले १६ जनालाई बेपत्ता परिवारको परिचय पत्र दिइएको स्पष्ट पार्नु भयो । आयोगले तौलिहवामा बेपत्ता परिवारकालागि परिचय पत्र वितरण गर्न शिविर नै संचालन गरेको छ । कपिलवस्तुमा द्धन्दका क्रममा २० जना बेपत्ता भएका मध्ये करिव आधा संख्या शिवराज र विजयनगरको रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६