कपिलवस्तु ४ पुस –नेपाल कै जेठो तौलिहवा स्थित पशुपति प्रताप पुस्तकालयको ८५ औ साधारण सभा संपन्न गरिएको छ । आफनो छोरा पशुपतिको स्मृतिमा हेमलाल पुरीले सन १९९३ कार्तिक ११ गते स्थापना गरेको पुस्तकालयको साधारण सभामा पुस्ताकालयलाई अझै सुबिधा संपन्न बनाउदै लाने योजना प्रस्तुत गरिएको छ ।
तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गायदीन कुर्मी दीपु र पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेयले संयुक्तरुपमा सभाको उदघाटन गर्नु भयो । सो अवसरमा अध्यक्ष कुर्मीले पुस्तकालय देश कै अमुल्य संपत्ति रहेको भन्दै उहाँले यसलाई अझै सुबिधा संपन्न बनाउदै लानु पर्ने बताउनु भयो ।
उहाँले पुस्तकालयलाई सबैले अपनत्व लिने गरी अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले पुस्तकालयकालागि संघीय, प्रदेश र पालिकाहरुले समेत सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष पाण्डेयले पुस्तकालयलाई आगमी दिनमा अझै सुबिधा संपन्न बनाउदै लाने योजना रहेको सुनाउनु भयो ।
उहाँले पुस्तकालयमा ईलाईब्रेरीको सुबिधा थप्ने र पुस्तकालयलाई अपांग मत्रै बनाईने बताउनु भयो । यस्तै पुस्तकालयमा लोकसेवा आयोगको कक्षा संचालन सहीत बिभिन्न नेतृत्व र ब्यक्तित्व विकास तालिम समेत संचालन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
सो अवसरमा समाजसेबी कमला श्रेष्ठले जिल्ला कै अमुल्य संपत्तिकारुपमा रहेको पुस्तकालयको स्तरलाई अझै बढाउदै लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा पुस्तकालयका सचिव भोला बहादुर सिंहले प्रगति र कोषाध्यक्ष मंदीप सि.हले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष पाण्डेयको अध्यक्षता, गयादीन कुर्मीको प्रमुख आतिथ्यता र बिरेन्द्र कुमार पाण्डेयको संचालनमा भएको थियो ।








प्रतिक्रिया