प्रदेश

बुटवलको एक चर्चमा ९ वर्षीय बालकको शंकास्पद मृत्यु



बुटवल, ०४ । रुपन्देहीको बुटवल ११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको संकास्पद मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ९ वर्षका बालक आरएस खड्गीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शनिबार मध्यान्न १२ बजेको समयमा बालकले आत्महत्या प्रयास गरेपछि तत्कालै उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै प्रहरीलाई खबर गरेको थियो ।

स्रोतका अनुसार बुद्धनगरमा अवस्थित स्थानीय राजेन्द्र गौतमको घर भाडामा लिई सञ्चालन गरिरहेको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालकले आत्महत्या प्रयास गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले शवको पोस्टमार्टमपछि थप जानकारी प्राप्त हुने बताएको छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६