प्रदेश

कैलालीमा २५ वर्षीय युवकको विभत्स हत्या



काठमाडौं,४ पुष। कैलालीको जानकी गाउँपालिका ९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ ।
अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार युवकको परिवार भारतमा भएकाले शव उठाइएको छैन । ‘राति घटनास्थल सुरक्षित राखेका थियौं, अहिले मुचुल्का गरेर परिवार आएपछि पोष्टमार्टमका लागि पठाउने तयारी छ’ जोशीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि घटनास्थलमा ल्याएको छ । मजदुरी गर्ने उनी सामान्य परिवारका हुन् । अर्जुन अन्तिमपटक शुक्रबार साँझ घर नजिकै देखिएका थिए ।

स्रोतका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव भेटिएको हो । एक प्रहरी अधिकृत भन्छन्, ‘हत्या गरी सकेपछि अपहरण गरेको जस्तो देखाउन खोजिएको छ, हात पनि बाँधेको अवस्थामा शव थियो । यसको कारणबारे अनुसन्धानपछि नै खुल्ला ।’

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६