प्रदेश

आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो ।



काठमाण्डौ, ०४ पुष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले हिजो आयोजना गरेको ुसामाजिक सुरक्षाको वर्तमान अवस्था स् आगामी कार्यदिशाु विषयक अन्तरक्रियामा उहाँले कोषमा आबद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताउनुभयो ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न यस्तै प्रकृतिका अन्य निकायसमेत हुँदा कतिपयलाई अन्योल रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधा अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ । मन्त्री श्रेष्ठले कोषको दायरा विस्तार हुँदै जाँदा सबै क्षेत्रका श्रमिक आबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । अहिले औपचारिक क्षेत्रका श्रमिकमात्र कोषमा आबद्ध हुँदै आएका छन् । सरकारले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई पनि कोषको दायरमा ल्याउने तयारी गरेको छ ।

आगामी दिनमा कोषबाट प्रदान गरिने सुविधा वृद्धि हुँदै जाने विश्वास दिलाउँदै उहाँले सामाजिक सुरक्षाका मूल्य मान्यता एवं सिद्धान्त, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास एवं देशको आर्थिक एवं सामाजिक परिवेशलाई दृष्टिगत गरी यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

विसं २०७५ मङ्सिर ११ मा सामाजिक सुरक्षा योजना शुभारम्भ भएको थियो । हालसम्म कोषमा १६ हजार रोजगारदाता र तीन लाख श्रमिक आबद्ध भएका छन् । कोषले १२६ योगदानकर्ताका आश्रित परिवारलाई पेन्सन दिन थालेको छ ।
रासस

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६