जीवनशैली

स्वदेश फर्किए लगत्तै सम्पर्क विहिन श्रीमानको खोजी गरिदिन अपिल



तुलसीपुर ४ पुस । तुलसीपुर ७ गणेसपुर निवासी पार्वती विकले श्रीमानको खोजी गरिदिन सवैमा अपिल गरेकी छिन । बैदेशिक रोजगारीको शिलशिलामा कतार गएका उनका श्रीमान कृष्ण बहादुर विक गत मंसीर ७ गते बेलुका देखी सम्पर्क विहिनभएका छन ।स्वदेश फर्किए लगतै उहा सम्पर्क विहिन भएको पार्वतीले तुलसीपुर अनलाइनलाई जानकारी दिएकी छिन।विदेशबाट स्वदेश फर्किएको तिन हप्ता वितिसक्दा पनि श्रीमान संग अहिले सम्म कुनै फोन सम्पर्क नभएको उनले जानकारी दिएकी छिन । श्रीमानको साथीहरुबाट आफुले श्रीमान स्वदेश फर्किएको थाहा पाएको उनको भनाई छ ।

उनका अनुसार बैदेशिक रोजगारीका लागी कतार गएको गत भदौमा दुई वर्ष पुगेको थियो । यहि मंसीर ६ गते श्रीमानले विदेशबाट २३ हजार रुपैया पैसा समेत पठाइदिएको उनले बताएकी छिन । मंसीर ७ गते बैंकमा गएर आफुले पैसा निकालेको र उक्त दिन सम्म श्रीमान संग फोन सम्पर्क भएको उनको भनाई छ । त्यतिबेला फोनमा कुराकानी गर्दा राम्रै भएको उनि बताउछिन ।घर आउने कुरा अर्को वर्ष दशै तिहार सम्म आउने कुरा पनि भएको थियो उनले भन्नुभयो, त्यसको भोलिपल्ट फोन सम्पर्क गर्दा श्रीमानलाई फोन लागेन ।

अघिल्नो दिन सम्म फोनमा कुराकानी भईरहेको हुदा एकदिन फोन नलागेपछि आफुले सामान्य रुपमा लिएको उनले बताईन । तर दुई दिन सम्म पनि फोन सम्पर्क नभएपछि श्रीमानको साथीलाई सम्पर्क गर्दा उनीहरुले मंसीर ७ गते बेलुका कतारबाट नेपाल फर्किएको बताएपछि आफुले थाहा पाएको उनले बताएकी छिन ।श्रीमान संग मंसीर ७ गतेदेखी कुनै माध्यमबाट फोन सम्पर्क नभएको उनको भनाई छ ।श्रीमानको साथमा उनका साथीहरुले घरपरिवारका लागी भनेर दुई थान मोवाएल र सुन समेत पठाएका रहेछन उनले भनिन्  ,सामान लिने भनेर काठमाण्डौ गएका श्रीमानका साथीका आफन्तीहरुले समेत श्रीमानलाई भेटेनछन । श्रीमानका साथीहरुले समानका लागी उल्टै आफुलाई धम्क्याउने गरेको उनले बताएकि छिन  । यस बारेमा आफुलाई कुनै थाहा नभए पनि श्रीमानका साथीहरुले विश्वास नगरेको उनको भनाई छ ।

मरे जीउँदो  थाहा छैन
मंसीर ७ गते सम्म श्रीमान संग राम्रै कुरा भईरहेको अवस्थामा बेलुका देखी एकाएक सम्पर्क विहीन भएको उनले बताईन । अहिले सम्म श्रीमानश्रीमतीका बिचमा त्यस्तो कुनै विवाद र झगडा नभएको उनले बताईन । श्रीमान विदेश आवतजावत गर्न थालेको १०–१२ बर्ष भएको उनले बताईन ।पछिल्नो समय कतार गएको दुई वर्ष भएको छ । कहिल्यै नराम्रो बोली बचन नगरेका श्रीमान एकाएक वेपत्ता हुदा धेरै चिन्ता लागेको उनले बताएकी छिन ।मंसीर ७ गते सम्म विदेश छु भनेका श्रीमान स्वदेश फर्किएको जानकारी पाएपनि कुनै फोन सम्पर्क नहुदा मरे जिउँदोको थाहा नभएको उनको भनाई छ । दोस्रो श्रीमती लिएर गएको भए पनि कमसेकम मरे जिउँदोको त थाहा हुनुपथ्र्यौ उनले भनिन् , तर थाहा छैन ,कहाँ जाने ,के गर्ने ठुलो समस्या आईप¥यो ।

दोस्रो श्रीमती लिएको आशंका श्रीमानले आफु संग कहिल्यै नराम्रो बोली बचन नगरे पनि दोस्रो श्रीमती लिएर गएको उनले आशंका गर्नुभएको छ । केहि वर्ष पहिले विदेश हुदा सर्मिला नाम गरेकी एक महिला संग खिचेको फोटो मोवाएलमा फेला परेको थियो । त्यतिबेला यो महिला को भनेर सोध्दा आफुलाई थाहा नभएको भनेर श्रीमान्ले फोटो हटाएको उहाको भनाई छ । त्यतिबेला श्रीमान माथी शंका नगरेको उनले बताईन।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६