काठमाडौं ४ पुस ।सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अस्वीकार गनुपर्ने बताएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमार्फत अघि बढाउने प्रयत्न गरिरहनुभएको बेला एकीकृतले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने प्रष्ट पारेको हो ।एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा ठूलो राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको बताउनुभएको छ । आज बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्रीले एमसीसी अनुमोदनको प्रस्ताव गरे एकीकृत समाजवादीले अस्वीकार गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।
सरकारले आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी गरेको बताइएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते बस्दैछ । त्यसअघि प्रधानमन्त्री देउवाले आज अपरान्ह सर्वदलीय बैठक बोलाएर एमसीसीबारे छलफल गर्न लाग्नुभएको छ । सर्वदलीय बैठक अघि आइतबार बिहान एकीकृत समाजवादीले काठमाडौको एक होटलमा एमसीसीबारे छलफल गरेको हो ।पार्टीका नेताहरुको धारणामा एकरुपता बनाउन बसेको छलफलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुको सहभागी रहेको थियो ।पार्टीका नेताहरूसँगको छलफलपछि नेता झलनाथ खनालले एमसीसी सम्झौता संशोधन नगरी अघि बढाउनै नसकिने बताउनुभयो ।








प्रतिक्रिया