“इच्छा बिपरित तानी विवाहले किशोलाई ठुलो असर पुर्याएको छ । उमेर नपुगीकन जवरजस्ति हात छोपेर लगेपछि बाध्य भएर किशोरी श्रीमती बनेर बस्नु पर्छ ।”
पार्वती पाण्डे
कपिलवस्तु ४ पुस। रुकुमकी बिपना परियारलाई तानी विवाह पट्क्कै मन पर्दैन । अझै पनि रुकुमका गाउँवस्तीमा इच्छा बिपरित विवाह हुने गरेको छ । फुपुको छोराले मामाको छोरीलाई इच्छा विपरित नै समुहमै आएर छोपेर लैजान्छन , ति महिला बाध्य भएर उहि घरमा गएर श्रीमती बनेर बस्न पर्ने बाध्यता हुन्छ । आमाबुवा पनि राजी हुन्छन , कतिपयले त आत्महत्य गरेका घट्ना पनि हुन्छन , बिपना बताउछिन । किशोरीलाई महिनावारी हुदा अलग्गै बस्न पर्ने , भान्सा कोठामा जान नदिने जस्ता धैरै समस्या भएको उनको भनाई छ ।उक्त जिल्लामा वालविवाहको पनि उत्तिकै समस्या छ , उनी बताउछिन ।
अर्घाखाँचीकी दुर्गा सुनारलाई पनि महिनावारीमा विभेद भएको महशुस हुन्छ । सामाजिक सम्रचनाका कारण अनि पृतिसत्तात्म सोचका कारण महिनावारीलाई विभेदपुर्ण व्यवहार गरिन्छ । घरबाट कतै जान पर्यो भने छोरालाई अभिभावकले सजिलै गरि जान दिन्छन तर छोरीलाई वाहिर जान निकै कठिन हुन्छ । छोरी मान्छे कहाँ जाने गाह्रो हुन्छ भन्दै हामीलाई परिवारले रोक्छन । त्यसैले विभिन्न कार्यक्रममा अभिभावक सँगै छोराछोरीलाई पनि राख्नु पर्ने उनको धारणा छ ।
१० पास गरिसकेपछि छोरालाई डाक्टर पढाउने कि , इन्जिनियर बनाउने भन्ने ठुला ठुला सपना अभिभावकले बुन्छन भने छोरी दश पास भए पछि नजिकैको क्याम्पसमा पढाउने तयारी हुन्छ । यति ठुलो विभेद घर परिवारबाट हुन्छ , तब किशोरीले कसरी प्रगति गर्ने उनी बताउछिन । रुपन्देहीकी किशोरी सुस्मिता नेपालीले जिल्लाको दक्षिणी भेगमा वालविवाह बढि हुने गरेको बताइन ।
महिनावारीमा पनि त्यत्तिकै विभेद छ , लैगिक विभद पनि उत्तिकै छ उनी भन्छिन ।किशोरीका समस्या सुन्ने कोहि हुदैन , उनको भनाई थियो । कपिलवस्तुकी सृजना थारुले महिनावारी हुदा भान्साकोठा र पुजा कोठमा हामीलाई जानदिइदैन । पाप लाग्छ , छोइन्छ भन्दै अलग्गै खान दिइन्छ । लाग्छकी महिनावारी कुनै अपराध हो कि जस्तो । गुल्मीकी किशोरी वसन्ती ज्ञवालीलाई किशोरी क्लब नभएकोमा चिन्ता लाग्छ । किशोरीका आवाज कसैबाट सुनुवाई नहुने उनको वुझाई छ । महिनावारी हुदा पनि विभेद हुन्छ । विद्यालयमा प्याडको व्यवस्थापन छैन , जसका कारण महिनावारी हुने किशोरीलाई समस्या हुन्छ । विवाह गर्दा दाइजो नदिएका कारण यातना दिने दुःख दिने काम हुन्छ ।नवलपरासीकी दुर्गा विकले महिनावारीमा छोइछिटोको व्यवहार हुने गरेको बताइन ।
महिनावारी हुदा पोषिलो खानेकुरा खानु पर्छ , सरसफाई गर्नु पर्छ भन्ने मान्यता भन्दा पनि छुट्टै बस्नु पर्छ , छोरा मान्छे सँग छोइनु हुदैन , भान्सामा जानु हुदैन भनेर अभिभावकबाट धैरै कुरा सुन्नु पर्ने उनले बताइन । प्युठानकी सरस्वती भुषालले महिनावारीमा विभेद हुने गरेको जनाउदै घर भित्रै ठुलो विभेद भएको जनाइन । उनले अगाडि भनिन , छोरालाई राम्रो बोडिङमा पढाइन्छ , छोरीलाई सरकारी विद्यालयमा पढाइन्छ । यति मात्र होइन घरको काम पनि धैरै छोरीलाई नै गर्न लगाइन्छ , छोराले नगरे पनि हुन्छ । परम्परागत सिप पनि (टपरी , गुन्द्रा , खेतीपाती ) छोरीलाई गर्न लगाइन्छ , उनी भन्छीन । छोरालाइ ऋण खोजेर पढाउने , छोरी पढाउदा बिग्रिन्छन भन्ने सोचाई अभिभावकमा छ , यो चेतना कसरी दिने उनी भन्छीन ।
बर्दियाकी रिमा चौधरीले पनि महिनावारीमा विभेद भएको बताउछिन । छोरा छोरीलाई घरमै विभेद भएको उनको भनाई छ । घर बाहिर कतै जानु पर्दा छोराले सजिले अनुमती पाउछन , छोरीलाई निकै गाह्रो पर्छ ।अभिभावकले नै हाम्रो कुरा विश्वास नगर्ने उनको गुनासो छ । लुम्बिनी प्रदेशमा करिब ६ लाख किशोरी रहेका छन । युएनएफपिए लुम्बिनी प्रदेशका संयोजक राम थापाले किशोरीहरुका थुप्रै समस्या छन , ति समस्यालाई अभिभावक सँगै सरकारले सम्बोधन गर्नु पर्ने हुन्छ । गत मंसिर २४ गते पहिलो पटक लुम्बिनी प्रदेशमा किशोरी सम्मेलन भयो , यो ऐतिहासिक सम्मेलन हो । जुन सम्मेलनमा १२ जिल्लाका किशोरीहरुले आफ्ना समस्याहरु राख्न सके ।पुष्पा हरिजनको अध्यक्षतामा लुम्बिनी प्रदेश स्तरिय किशोरी सञ्जाल गठन भई किशोरीको हक अधिकारका लागि १६ वुँदे लुम्बिनी घोषणा पत्र समेत जारी भयो , संयोजक थापाले भन्नु भयो ।
प्रतिक्रिया