जीवनशैली

मानवअधिकार वर्ष पुस्तक सन् २०२२ को पूर्व समिक्षा



कपिललवस्तु ४ पुस।कपिलवस्तुमा एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय २१ घटनाहर दर्ता भएका छन । सन २०२१ देखि डिसेम्बर १९ सम्म जिल्लामा बिभिन्न खाले घटना भएका हुन।इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशकालागि तौलिहवामा सरोकारवालासंग गरेको समीक्षा कार्यक्रममा सो जानकारी गराइएको हो । ईन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले प्रस्तुत गरेको प्रतिबेदन अनुसार सन २०२१ मा गत बर्षको तुलनमा मानव अधिकार बिरुद्धका घटनामा बृद्धि भएका छन । सन २०२० मा कुल १ सय ६५ घटना दर्ता गरिएको थियो । सन २०२१ मा ६ जनको हत्या, बलत्कारका ३६ घटना, बलत्कार प्रयासका २३, बालयौन दुब्र्यवहार २ वटा घटना दर्ता गरिएका छन ।

यस्तै मानव बेचबिखन ३, बहुबिवाह ४, अप्राकृति हस्तमैथुन, २, बाल बिवाह १ र घरेल् हिंसा २ सय ८ वटा छन । सन २०२१ मा ब्यक्तिगत रिसिबीका कारण हत्या सहीत बलत्कार, यौन दुब्र्यवहार, मानव बेचबिखन तथा घरेलु हिंसाका घटना गत बर्ष भन्दा बढी भएको ईन्सेक प्रतिनिधि आचार्यले बताईन । बलत्कारका घटना मध्ये १० बर्ष देखि १८ बर्ष सम्मका २१ जना किशोरीहरु पीडीत भएका छन । १० बर्ष मुनीका ६ बालिका बलत्कारको शिकार भएका छन । ८३ बर्षिया बृद्धा समेत बलत्कारको चपेटामा परेकी छिन । कोरोनाकालमा कैयो ब्यक्तिहरु सहजरुपमा स्वास्थ्य उपचार नपाएको आचार्यले बताईन । जिल्लामा अझै साढे ३ प्रतिशत बालबालिका बिद्यालयको पहुँच बाहिर छन ।जिल्लाका २० वडामा अझै माबि नहुदा कैयौं बालबाकिलाहरु पढाईबाट बंचित छन ।

जिल्लाका कृष्णनगर र यशोधरा गाउँपालिकामा हैजा फैलिदा ७ जनाको मृत्यु भएको र ढेड हजार बढी झाडा पखालाबाट पीडीत बनेका थिए । कोरोनाका कारण जिल्लामा २ सय ४ जनाको मृत्यु भएको र ५ हजार ४३३ जना संक्रमित भएका थिए । सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेले ईन्सेकले नदीजन्य पदार्थको दोहोन, बाटाघाटो निर्माणमा हुने ढिला सुस्ती, प्रदुषणका बिषयमा समेत हेरेर प्रतिबेदनमा समेटन् पर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले मानव अधिकारका घटनामा सबै सचेत हुुन पर्ने बताए । उनले घटनाको न्युनीकरणकालागि सबैले हातेमालो गर्नु पर्ने बताए । पुष्पा रेग्मीको अध्यक्षता, महेन्द्र खनालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, संचारिका समुहकी प्रदेश अध्यक्ष पार्वती पाण्डे , माहुरी होमका अध्यक्ष रबि ठाकुर, पशुपतिमणी त्रिपाठी, माया नेपाली, खेमराज पौडेल , अंकीता श्रीवास्तव, रामहरि लामिछाने लगायतले बिभिन्न सुझाव दिएका थिए ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६