अर्थ-वाणिज्य

विदेशी गुहारेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किदैन : कमल थापा



काठमाडौं ५ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रोशित अभिव्यक्तिलाई जारी राखेका छन् । मंसिरमा भएको एकता महाधिवेशनमा अध्यक्षमा हारेपछि राजसंस्थाविरुद्ध अभिव्यक्ति दिंदै आएका उनले आइतवार पनि सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।उनले राजनीतिक दल र जनताको विश्वास भए मात्रै राजसंस्था पुनः स्थापनाको बाटो भएको पनि उनले बताए । थापाले दलहरुविरुद्ध निर्मल निवासले घृणा फैल्याएको बताउँदै त्यसो गरेर राजसंस्था नफर्किने पनि बताएका छन् ।

‘राजनीतिक दल र आमजनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको एक मात्र बाटो हो । विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किदैन’, उनले लेखेका, ‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’ को सोचाई गलत र प्रत्युत्पादक छ ।’

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६